टाटा विङ्गर बीएस सिक्स नेपाली बजारमा

काठमाडौँ । टाटा मोटर्स नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले नयाँ टाटा विङ्गर बीएस सिक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थालाई उपयुक्त छ ।
‘विङ्गर बीएस सिक्स नयाँ युगका त्यस्ता सुसुचित ग्राहकतर्फ लक्षित छ जो आकर्षक र आरामदायी गाडीमार्फत आफ्नो व्यापार/ व्यवसायको उन्नति गर्न चाहेकाे कम्पनी दाबी छ ।

त्यसैगरी, इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।
‘टाटाका विविध एवं बलिया कमर्शिएल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहनु भएको छ, कमभन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेको लागि अत्यन्त उपयोगी छ,’ टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग महतोले भने, ‘उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ ।’
त्यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा भने, ‘नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैब आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौं । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशक देखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौ ।’
विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकतर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीका लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ ।














टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भक्तपुरमा हतियार प्रहार गरी छोराले गरे आमाको हत्या
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया