शनिबार, माघ १०, २०८२

सुस्तामा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

मेरोन्यूज २०७९ साउन १० गते १०:३३

नवलपरासी पश्चिम । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।

उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ

प्रतिक्रिया