केन्ट आरओको दशैँ तिहार २०७९ अफर

काठमाडौं । ईओएल प्रा. लि. नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहक वर्गले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो पर्व दशैं र तिहारलाई लक्षित गर्दै “केन्ट आरओ. दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सि.जी. ब्राण्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भाद्र १३, २०७९ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ ।
आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनमार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ ।
पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।















रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूची)
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया