बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका- ५ घर भएका काठमाडौं महानगरपालिका- २६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका- ८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो । पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए ।
साथै नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका थिए ।
पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।
















देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया