शनिबार, पुष १२, २०८२

देशभर डेंगु संक्रमित ११ हजार नाघ्यो, बागमतीमा सबैभन्दा धेरै

मेरोन्यूज २०७९ भदौ २९ गते १७:४३

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको हो ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सबै प्रदेशमा डेंगु फैलिएको छ ।

जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा आठ हजार ३९०, गण्डकीमा २२४, लुम्बिनीमा एक हजार ४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया