दुई टन माछा नष्ट

भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौँका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।
पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी सङ्घ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका–१ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।
उहाँका अनुसार लु२च ६८९८ नम्बरको बोलेरोमा ल्याइएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो । असोज १ गतेदेखि पशु क्वारेन्टाइन, मत्स्य व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा चेकजाँच गर्दै आएको छ । सोमबारसमेत चेकजाँचका क्रममा रामनगरबाट छ सय २० किलो माछा बरामद गरी नष्ट गरिएको थियो ।
बरामद गरिएको माछामा फर्मालीनको प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । भारतबाट भन्सार छलेर ल्याइएका माछाका कारण नेपालमा उत्पादित माछाले बजार पाउन छोडेको भन्दै माछा व्यवसायी कृषक आन्दोलनस्वरुप चेकजाँच सुरु गरेका हुन् ।
मकवानपुरको रातोमाटे र सिन्धुलीमा समेत चेकजाँच गरिएको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । –––
















जुम्लामा हिमपातपछि जनजीवन कष्टकर,
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया