२५० करोडमा बिक्यो शाहरुखको ‘जवान
मेरोन्यूज
२०७९ असोज ९ गते १०:५९

एजेन्सी / बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ ।
यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ । यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन ।
फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदै छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छन् ।
शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन् ।
सम्बन्धित









यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया