यी हुन् लाल मोहम्मद हत्या प्रकरणमा संलग्न तीन नेपाली

काठमाडौं । गत ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएका प्रहरीले बताएको छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।
पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरतबहादुर बोहराले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको उनले जानकारी दिए ।
मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए । उनको पृष्ठभूमिलाई जोडेर मोहम्मदको हत्यामा भारतीय खुफिया निकायको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
तर एसएसपी बोहराले भने, ‘अहिलेसम्म घटनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निस्किसकेको छैन, उद्देश्यसम्म पुग्न समय लाग्छ ।’
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया