शर्ट फिल्म ‘उच्च शिक्षा’को टिजर सार्वजनिक

काठमाडौँ । विदेशमा गएर अध्ययन गर्दा अभिभावक र छोराछोरीबीच उत्पन्न हुने तिक्त्तताको विषयमा आधारित फिल्मको टिजर सार्वजनिक भएको छ । मगन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको शर्ट फिल्म ‘उच्च शिक्षा’को टिजर सार्वजनिक भएको हो ।
सामान्य परिवारको समसामयिक घटना क्रमलाई आधार मानेर निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रजिन महर्जनले गरेका हुन् । रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस फिल्म नेवारी र नेपाली दुवै भाषामा सार्वजनिक गरिने छ ।
बिक्रम महर्जन सह निर्देशन र सञ्जिव रत्न शाक्यको कलरकरेक्शनमा तयार भएको फिल्ममा मुख्य पात्रको रुपमा लक्ष्मी कुमार महर्जनका साथै क्रिसल श्रेष्ठ, कृष्ण भक्त महर्जन, सुदिप भजु, सकिना बट, श्रयम महर्जनलगायतको अभिनय रहेको छ । यसलाई उत्तम हुमागाईको टिमले छायांकन गरेको हो ।
यस फिल्मलाई मगन इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिने छ ।









एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
७ लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया