युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल
मेरोन्यूज
२०७९ मंसिर १ गते ८:४२

काठमाडौं । कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५–० अन्तरले पराजित गरेको छ ।
बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक उक गोल गरे ।
खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा एक गोल थप गरेको थियो ।
खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलाडी पूर्ण रुपमा फिट नभएको र केहि खेलाडी परिवर्तन हुने पक्का रहेको बताएका छन् ।
अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूह सी मा अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् ।
सम्बन्धित
















सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया