उपेन्द्रको भन्दा ठूलो दल बन्न लोसपाको तयारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशकै पाँचौँ शक्ति बन्ने लक्ष्य राखेको छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टीपछिको शक्ति बन्ने उसको लक्ष्य छ ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका शक्तिसँगको गठबन्धनमा मधेसमा चुनाव लड्न लागेको लोसपाले गठबन्धनको बलमा यसपटक उपेन्द्र यादवको भन्दा ठूलो शक्ति बन्ने दाउमा लागेको छ ।
सत्ता गबठन्धनको साथमा उसले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १६ सिट पाएको छ । सर्लाही २ मा लोसपा सत्ता गठबन्धनका उम्मेदवारसँग पनि मित्रवत प्रतिस्पर्धामा छ ।
गठबन्धन भएका ७ ओटै निर्वाचन क्षेत्रमा जितिने र मित्रवत प्रतिस्पर्धामै रहेको सर्लाही २ मा पनि पार्टी नेता राजेन्द्र महतोले जित्ने आकलन उसको छ । यस आधारमा उसले कम्तीमा ६ देखि ८ प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ जित्ने र समानुपातिक तर्फ कम्तीमा १० सिट जित्ने लक्ष्य अहिले लोसपाले बनाएको छ ।
यसो गर्दा कम्तीमा २० हाराहारी सिट प्राप्त गरेर देशकै पाँचौं शक्ति बन्न सकिने विश्वासमा लोसपाका नेताहरु छन् । ‘हामी कम्तीमा मधेसमा पनि उपेन्द्रको पार्टीभन्दा ठूलो पार्टी बन्नेछौं, समग्रमा देशकै ठूला भनिएका दल लगत्तैको पार्टी बन्छौं । जसपाभन्दा ठूलो बन्ने सम्भावना हाम्रो छ,’ लोसपाका नेता केशव झाले बताए । पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी लगायतका नेताहरुले चुनाव सहज जित्ने लोसपाको जिकिर छ ।
तर लोसपालाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पार्टी नबने घोषणा गर्दै आइरहेका छन् । ‘प्रत्यक्षमा झुक्किएर कहीँ कतै जितिहाले थ्रेसहोल्ड लोसपाले कटाउन सक्दैन, उ राष्ट्रिय पार्टी बन्दै बन्दैन,’ ओलीको भनाइ छ । लोसपाको टुटफुट र विभाजन हेर्दा उसले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न यसपटकको चुनावमा अग्निपरिक्षा नै भने देखिएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया