पोल्याण्डले साउदी अरेबियालाई हरायो

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ ।
कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
पोल्याण्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे । साउदीले खेलको पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन ।
खेलको ३९ औँ मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ८२औँ मिनेटमा कप्तान रोर्बटले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे ।
पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।
बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो । पोल्याण्ड समूह ‘सी’ को शीर्षस्थानमा रहेको छ भने साउदी दोस्रो स्थानमा रहेको छ ।
पोल्याण्डले चार, साउदी अरेबियाले तीन र मेक्सिकोले एक अङ्क जोडेका छन् । अर्जेन्टिनाले अङ्क जोडेको छैन ।
















कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया