रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया
काठमाडौँ । रुकुम पश्चिममा १४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो ।
जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए ।
सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।
दुई दिनसम्म चलेको निःशुल्क आँखा जाँच तथा शल्यक्रया शिविरबाट छ सय ९६ आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिविरको आयोजना गरेको हो ।
शिविरमा नेत्र विशेषज्ञ डा सुरेश रसाइलीको नेतृत्वमा १६ स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा दिएको थियो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया