मंगलबार, चैत २४, २०८२

जाडोमा ओठ फुट्ने समस्याबाट यसरी सकिन्छ जोगिन

मेरोन्यूज २०७९ मंसिर २९ गते ७:२६

काठमाडौं । जाडोमा छालामा सुख्खा हुने समस्या बढ्छ अझ भनौ यो समयमा ओठ फुट्ने समस्या अत्यधिक देखिन्छ । तलका यी घरेलु उपाय अपनाएमा ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।
ओठ फुट्न बच्ने घरेलु उपायहरु निम्नलिखित छन्

Advertisement
nepal life insurencenepal life insurence

१.ओठमा मह लगाउँदा ओठ फुट्दैन। त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ।

२.पानी धेरै पिउनु पनि यो समस्याबाट बँच्ने उत्तम विधि हो। बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ।

३.जाडोमा दैनिक सुन्तला र वदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ। घरेलु विधि प्रयोग गर्दा पनि ओठ फुट्ने समस्या देखिएमा छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ।

कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ। चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ। कहिले काँही शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ।

प्रतिक्रिया