नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडौँ । साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना सेयर धनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कूल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।
हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले चार करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । कर प्रयोजनका लागि आवश्यकसहित चार करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांशसमेत बाँड्ने छ ।
घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया