चौतारा साँगाचोकगढीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चालन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए ।
वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच सय ७२ ले सेवा लिएका छन् । आँखा परीक्षण चार सय ४३ जनाको भएकोमा मोतियाबिन्दु भएको २९ बिरामी भेटिएका छन् । रक्त परीक्षण गरिएको चार सय २८ मा १० जनामा मधुमेह भेटियो । क्षयरोगको शङ्कास्पद पाँच जना देखिएका छन् ।
स्वस्थ रहनका लागि चेतना सबैभन्दा महत्वपूर्ण भएको हुँदा हरेक टोलमा पुगेर जनचेतनामूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक सञ्चालन गरिने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै रु २५ लाख रकम विनियोजन गरेको छ ।
आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रमसमेत ल्याउने नगरप्रमुख सापकोटाले बताए ।
नगर जनस्वास्थ्य अधिकृत दिनेश नेपालका अनुसार पहिलो चरणमा प्रत्येक वडामा शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान गर्ने गरेको छ । आवश्यकताअनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने नेपालले बताए ।
पहिला एक पटक आँखा जाँच गर्दा काठमाडौँ जाने सल्लाह पाए पनि पैसा नभएर जान नसकेको अवस्थामा गाउँमै शिविर सञ्चालन भएपछि भिमटारकी ७० वर्षीया वृद्ध धनमाया माझीले खुसी व्यक्त गरे ।
आइतबारको शिविरमा एकै व्यक्तिमा तीन/चार वटा दीर्घरोगसमेत देखिएको भन्दै केहीलाई बाहिरको अस्पतालमा जान भनिएको छ । स्वास्थ्यकर्मी औषधोपचार नपाएका अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानीय कालिका दुलालले बताए । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया