दादुराविरुद्धको खोप प्रयोग नगर्नाले बिरामीको सङ्ख्या बढ्याे

काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् । उनका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन ।
उनले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताए । उनले भने, “कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उनीहरू खोपबाट बञ्चित भएको देखिएको छ ।”
उनले आजदेखि खोप लगाउने काम सुरु भएको समेत बताए । “प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको छ, धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उनीहरुले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ”, उनले भने ।
हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन् । उनले भने, “खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जान्छ, असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रुपमा देखिने गरेको छ ।”
बाँकेमा खोपको स्थितिलाई हेर्दा आर्थिक वर्ष २०७८÷७९ मा दादुराविरुद्धको पहिलो मात्रा लगाउने ९८ प्रतिशत छन् भने दोस्रो मात्रा लगाउने ९५ प्रतिशत छन् । आव २०७७÷७८ मा दुवै मात्रा खोप लगाउने ९२ प्रतिशत छन् । आव २०७६÷७७ मा ९० प्रतिशतले पहिलो मात्रा र दोस्रो मात्रा लगाउने ७९ प्रतिशत छन् ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अध्ययनले सन् २०२२ मा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको देखाएको छ । सन् २०१६ मा खोपबाट बञ्चित हुने बालबालिको सङ्ख्या एक प्रतिशत मात्र देखिएको छ ।
गत पुस १२ गते नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ५ मा दादुराका पहिलो बिरामी देखिएका थिए । दादुराका लक्षण देखिएका १५ बिरामीमध्ये पाँच को नमूना परीक्षण गरेपछि दादुरा पुष्टि भएको हो । वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा देखिएको छ ।
आइतबारसम्म उपमहानगरका १० वडा र खजुरा गाउँपालिकाको वडा नं २ मा दादुराका बिरामी फेला परेका थिए । सबैभन्दा धेरै बिरामी उपमहानगरपालिकाको वडा नं ८ मा २८ र वडा नं ७ मा २५ जना रहेका छन् । वडा नं ९, १०, ११, १५ र २२ मा १० बिरामी भेटिएका हुन् । पाँच महिनाका बालबालिकादेखि ६५ वर्ष उमेर समूहकामा दादुराका बिरामी छन् ।
दादुराका कारण एक बिरामीको मृत्यु भइसकेको जनाइएको छ । दादुराका बिरामीलाई फोक्सो र कानको समस्यादेखि अपाङ्गतासम्म हुनसक्छ । यसबाट मृत्युको समेत जोखिम हुने गर्छ । सम्भावित स्वास्थ्य जटिलता कम गर्न शिविरमार्फत तत्काल उपचारको व्यवस्था गरिएको छ ।
प्रभावित क्षेत्रमा केन्द्रबाट बालचिकित्सक, विश्वस्वास्थ्य सङ्गठन र युनिसेफको समूह खटिएको छ । दादुराका बिरामी पत्ता लगाउने, शिविर खडा गरेर खोज्ने क्रम जारी छ । डा दाहालका अनुसार दादुराको महामारी नियन्त्रण गर्न बिरामी पत्ता लगाउने र तत्काल उपचार गर्ने, बिरामीलाई भिटामिन ‘ए’ दिने, आइसोलेनमा राख्ने तथा खोप लगाउने काम भइरहेको छ । सङ्क्रमण नियन्त्रण गर्न दुई हप्ता विद्यालय बन्द गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
धुलिखेल अस्पतालले आगामी दिनमा सो क्षेत्रका समुदायमा खोपप्रतिको गलत बुझाइ र सचेतना बढाउन अहिले अध्ययन टोलीसमेत खटाएको छ । स्वास्थ्यकर्मीले उपमहानगरपालिकालाई झण्डै दुई साता विद्यालय बन्द गर्न सुझावसमेत दिएको छन् ।











झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया