पाठेघरसम्वन्धी समस्य लुकाएर बस्दै मुगुका महिला

उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो ।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्य भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्य भारी भएको अनुमान लगाएको छ ।
स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन् । पाठेघर खसेका वा समस्यमा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने , नखुल्ने भएका कारण वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन् । सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्य धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ ।
डा। मीना हमाल ९चौलागाईं०ले उमेर नपुग्दै विहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्य देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाई छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया