चीनमा एक महिनाभित्र ६० हजार जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ । चीनको स्वास्थ्य अधिकारीहरूले शनिबार एक महिनाको अवधिमा कोभिड १९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कूल सङ्ख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो ।
गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको सङ्ख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ । स्वास्थ्य अधिकारीहरुले बुधबार यकिन सङ्ख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन् ।
बेइजिङले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने आफ्नो पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै सङ्कीर्ण’ भएको बताएको थियो ।
कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने, “संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको छ ।”
चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया