सविन र रीमा फिल्म ‘सिड्नी’ को मुख्य भूमिकामा

काठमाडौं । अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले फिल्म निर्देशन गर्ने जानकारी दिइयो ।
वैशाखदेखि छायांकन हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ । ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको छ । निर्देशक श्रेष्ठले नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई फिल्ममा चित्रण गरिने बताए । अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने उनले जनाए ।
सविन एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । कार्यक्रममा उनले भने, ‘मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि भिन्न लाग्न सक्छ ।’ रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया