बालुवाटारमा सत्ता साझेदारको बैठक सुरू, मन्त्रीहरूको सपथ भोलि

काठमाडौँ । मन्त्री मण्डल विस्तार तथा भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित रहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तापछि सत्ता साझेदारको बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद विस्तार गर्ने सहमति भइसकेको छ ।
आज राष्ट्रिय शोक दिवस भएकाले सम्भवः नभएकाे र भोलि नयाँ मन्त्रीहरूको सपथ गराउने पनि अनौपचारिक सहमति भएको छ । स्रोतका अनुसार स्वतन्त्रलाई ३, राप्रपालाई तीन मन्त्रालय दिने सहमति भए पनि मन्त्रालय टुंगो भइसकेको छैन ।
जसपाले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ ।









आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया