रिलिज छेकोमा सरी ममको अफर
काठमाडौं ।लागुऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।
निर्माण कम्पनी एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्बन्धित हुने गरी टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तबिस्र अथवा भिडियो टिकटकमा सेयर गरेर ह्यासट्यागसरीमम र ह्यासट्यागएनएफ आइक्रिएसनसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए ।
फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।
नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।









रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलः सोमबार दुई खेल हुने
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया