मंगलबार, चैत २४, २०८२

वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालन

मेरोन्यूज २०७९ माघ ५ गते ११:५९

काठमाडौं । काठमाडौं । वीरको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ। वीरले २० वर्षपछि क्याथ ल्याब सेवा पुन सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आज सो ल्याबको उद्घाटन गरेका हुन् ।
अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले वीर अस्पताल १ सर ३३ वर्ष पुरानो रहेको र हाल ६८ आईसीयू कक्षबाट सेवा दिइरहेको बताए।
अस्पतालका निर्देशक डा. बस्नेतले नर्सिङ जनशक्ति, एमआरआइ, सिटी स्क्यान मेसिनहरू थप्न गरेको अनुरोधमा राज्यमन्त्री कार्कीले दरबन्दीको थप गर्न मन्त्रालयको तर्फबाट तुरुन्तै प्रक्रिया अघि बढाइने बताइन् ।
वीरमा मासिक रूपमा करिब ५० जना क्याथ ल्याब आवश्यक भएका बिरामी आउने गरेको अस्पतालका कार्डियोलोजिस्ट डा। समीर पौडेलले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया