अमिताभ बच्चनले भेटे रोनाल्डो र मेस्सीलाई, भेटमा के भयाे कुराकानी ?

बलिउडका महानायक अमिताभ बच्चन शुक्रबार (१९ जनवरी) साउदी अरेबियाको राजधानी रियादको किन्ड फहद इन्टरनेशनल स्टेडियममा पुगेका थिए। त्यहाँ पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियाद इलेवेन बीचको खेल थियो । यस खेलको उद्घाटनमा बच्चन विशेष अतिथिको रूपमा बालाइएका थिए ।
अमिताभले सो कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘रियादमा एक साँझ। वाह ! क्या साँझ थियो । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, एमबाप्पे, सर्जियो रामोस र नेयमार सबै सँगै खेलिरहेकाे खेलमा मलाई अतिथिको रूपमा खेलको उद्घाटन गर्न आमन्त्रित गरिएको थियो। पिएसजी भर्शेज रियादकाे माैसम…..। यो अविश्वसनीय थियो।’
अमिताभले सेयर गरेको भिडियोमा उनी पहिले म्याचका अधिकारीसँग स्टेडियममा हिँडिरहेको देखिन्छन् । त्यसपछि उनले एक-एक गर्दै स्टार खेलाडीसँग भेटघाट गरिरहेका छन् । पहिले उनीहरुले मेस्सीको टिमलाई भेट्छन् । त्यसपछि उनले रियाद सिजन इलेवेनका खेलाडीहरूसँग हात मिलाउँछन्, जसमा रोनाल्डो पनि थिए।
यो भिडियो हेरेपछि फ्यानहरुले उनलाई ‘लक्की म्यान’ भनेर सम्बोधन गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्,’भाग्यमानी हुनुहुन्छ तपाइ।’ अर्काले लेखे, ‘मलाइ तपाइदेखि जलन भइरहेकाे छ।’ कतिपयले उनलाई सोधिरहेका छन् कि उनले मेस्सीसँग के भने ‘?









पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
प्रतिक्रिया