कुनै समय रणवीरको नामको ट्याटु लिइ घुम्ने गर्थिन् दीपिका, रणवीरको एक गल्तीले टुट्याे सम्बन्ध

भनिन्छ की जहाँ माया हुन्छ त्यहाँ झगडा पनि । तर यस विषयमा बलिउड अलि फरक छ, यहाँ प्रेम र झगडा पछि जोडीले आफ्नो बाटो नै अलग गर्न पनि समय लगाउँदैन । बलिउडमा कयौँ पटक यसरी अलग भएका जोडी चर्चामा आउने गर्दछन् ।
दीपिका पादुकोन र रणबीर कपूर पनि एक समय एकअर्काकाे प्रेममा थिए । तर कुनै कारणले यिनीहरु अलग भए ।
यस्ताे थियाे दीपिका र रणवीरको प्रेमकथा ।

रिपोर्ट्सका अनुसार रणबीर-दीपिकाको पहिलो भेट उनका मेकअप म्यानले गराएका थिए र यहीँबाट उनीहरुको प्रेम कहानी सुरु भएकाे थियाे । रणवीर कपुर र दीपिकाको मेकअप म्यान एउटै थिए । वास्तवमा, संयोग थियो कि दीपिका पादुकोणको ओम शान्ति ओम र रणवीरको सावरिया एकैदिन फिल्म रिलिज भएको थियो ।
यो पनि भनिन्छ कि रणबीर र दीपिका ‘बचना ए हसीनों’ फिल्मको सुटीनका दौरान एकअर्कासँग बढी नजिकिएका थिए । खबर अनुसार दिपीका रणविरको मायामा पागल थिइन् । उनले आफ्नो गर्दनको पछाडी रणबीरको नामको ट्याटू नै बनाएकी थिइन्।
तर २०१० मा जब यी दुइको ब्रेकअप भयो तब फ्यान हरुलाइ ठुलो झटका लाग्यो । त्यसपछि दीपिकाले आफ्नो सम्बन्धको खुलासा गरिन् ।
दीपिकाले भनिन्, ‘मैले उसलाई रंगे हात समातेकी थिए । र त्यही समय नै सबै भावनाहरु बिर्सेर अलग हुने निर्णय लिए । म सम्बन्धमा हुदाँ कयौंले भनेका थिए उसले मलाइ धोका दिइरहेको । पछि मैले पनि थाहा पाए तर उसले ब्रेकअप नगर्न रिक्वेस्ट गरेपछि मैले उसलाइ दोस्रो मौका दिएकी थिए । तर सायद त्याे मेरो भुल थियो ।’
दीपिकाले भनिन्, जब उसले मलाइ पहिलो पटक धोखा दियो तब लाग्यो कि सायद हाम्रो सम्बन्धमा केहि कमि थियो होला । तर धोका दिने कसैको बानी लागेको हुन्छ भने तपाई जती प्रयासगरे पनि सम्बन्ध जोगाउन सक्नु हुन्न । ‘
दीपिका मात्र होइनन् यी कुरा रणवीरले पनि स्वीकार गरेका थिए। यसपछि दीपिकाले रणवीर सिंहसँग विवाह गरिन् र रणबीर कपूरको विवाह आलिया भट्टसँग भयो।















Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया