कुवेतको संसदमा विवाद, मन्त्रिपरिषद्ले दियाे राजीनामा
मेरोन्यूज
२०७९ माघ १० गते १६:३०

कुवेतको मन्त्रिपरिषद्ले विपक्षी नेतृत्वसँग संसद्मा विवाद भएपछि राजीनामा दिएको छ । प्रधानमन्त्री शेख अहमद नवाफ अलअहमद अलसबाहले युवराज शेख मेसल अलअहमद अलजाबेर अलसबाहसमक्ष राजीनामा पेश गरेकाे सरकारी समाचार समिति कुनाले जनाएको छ ।
कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जनाएको छ । यद्यपि विवादबारे विस्तृत विवरण दिइएको छैन । संसद्को बैठक आजका निम्ति बोलाइएको थियो ।
गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया