फर्जी विवरण देखाएर नागरिकता लिने युवन्तिका पक्राउ
मेरोन्यूज
२०७९ माघ १३ गते ११:०२

काठमाडौं । प्रहरीले फर्जी विवरण पेस गरेर नागरिकता लिएकी युवन्तिका तामाङलाई पक्रउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका–८ घर भएकी ३२ वर्षीया तामाङलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट पक्राउ गरिएको सिआइवीले जनाएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया