महाकाली नदीमा फसेका मजदुरको उद्धार

प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए ।
आठजना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
“ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो”, उनले भने, “इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो ।”
नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो ।









एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
प्रतिक्रिया