शुक्रबार, जेठ २, २०८२

रविलाई कारबाही गर्न अध्यागमनमा निवेदन (निवेदनसहित)

मेरोन्यूज २०७९ माघ १८ गते १३:३६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही माग गर्दै अध्यागमन विभागमा निवेदन परेको छ ।

अधिवक्ता युवराज पौडेलले नेपाल नागरिकता ऐन २०६३ को दफा १० (१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन २०४९ को दफा ५ बमोजिमको दण्डनीय कार्य लामिछानेले गरेको भन्दै अध्यागमन ऐन २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय माग गर्दै निवेदन दिएका हुन् ।

लामिछानेले नेपाली राहदानी बनाउँदा प्रयोग गरेको नागरिकता शुक्रबार सर्वोच्च अदालतले बदर गर्ने निर्णय गरेको थियो । नागरिकता बदर भएसँगै लामिछानेको सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको छ ।

यस्तो छ पौडेलले दायर गरेको निवेदन:

प्रतिक्रिया