कीर्तिपुर अस्पताललाई जापान सरकारको सहयोग

किर्तिपुर । जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज कीर्तिपुरस्थित सो अस्पताल परिसरमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्री रेटिना परीक्षणयन्त्रलगायतका आँखा उपचारमा प्रयोग गरिनेछ । सो अवसरमा राजदूत युताकाले हस्तान्तरित सामग्रीले आँखाको रोग छिटो र प्रभावकारी रुपले पत्ता लगाउन सहयोग पुग्ने आशा व्यक्त गरे ।
परिवर्तित जीवनशैलीका कारण मधुमेहजन्य आँखाको समस्या धेरै मानिसमा देखिएको सन्दर्भमा त्यसको सही निदान र उपचारको खाँचो रहेको उहाँको भनाइ थियो ।
नेपाल नेत्रज्योति सङ्घले २०७२ सालमास्थापना गरेको यस अस्पताल २०७४ मा कीर्तिपुर आँखा उपचार केन्द्रका रुपमा स्तरोन्नति भएको थियो ।
अस्पतालले हालसम्म सात हजार जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । साथै अस्पतालले दक्षिणकाली र चन्द्रागिरिलगायत चार वटा स्थानमा आँखा उपचार केन्द्र पनि स्थापना गरेको छ ।
















Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया