शुक्रबार, जेठ २, २०८२

आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते

मेरोन्यूज २०७९ माघ २१ गते १९:५१

गोरखा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६  जना घाइते भएका छन् । लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो । 

दुर्घटना हुँदा ६ जना घाइते भएका इप्रका आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ । 

घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

प्रतिक्रिया