पुरानो वानेश्वरमा बाबु छोरी मृत फेला
मेरोन्यूज
२०७९ माघ २१ गते २१:०८

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी छन् ।
छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया