शनिबार, माघ १७, २०८२

पोखरामा विस्फोटक पदार्थ पड्किँदा दुई बालक घाइते

मेरोन्यूज २०७९ फागुन ९ गते १८:३४

काठमाडौँ । पोखरामा विस्फोटक पदार्थ पड्किँदा दुई बालक घाइते भएका छन् । पोखरा महानगर ३३ ठूलढुंगामा दुई बालक घाइते भएका हुन् ।

वनमा भेट्टाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किँदा उनीहरू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् ।

अहिले उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचार गरिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया