सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ । घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको छ। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन्।
‘स्वास्थ्यमा सुधार भइरहेको छ,’ अस्पतालमा रहेका सांसद भण्डारीका सहयोगी माधव न्यौपानेले चिकित्सकहरूलाई उद्धृत गर्दै जानकारी दिए ।
चिकित्सकहरू र अस्पताल प्रशासनले सांसद भण्डारीलाई परिवारका सदस्यबाहेक अरूलाई भेटघाट गर्न दिएका छैनन्।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास पड्किँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो।
घटनामा गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेका भणडरीका सहयोगी न्यौपानेले जानकारी दिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया