स्पेनस्थित नेपाली दूतावासमा होली र अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

काठमाडौँ । स्पेनको मड्रिडस्थित नेपाली राजदूतावासले फागु पूर्णिमा तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा होली पर्व सफलतापूर्वक आयोजना सम्पन्न गरेको छ ।
राजदूत निवासमा आयोजित उक्त कार्यक्रममा राजदूतहरू, स्पेन सरकारका विशिष्ट व्यक्तित्व, कूटनीतिज्ञ, प्रभावशाली स्पेनी नागरिक, प्रवासीलगायत व्यक्तिको उपस्थिति रहेको थियो । नेपालीहरूको पर्व होली मनाउनुको उद्देश्य सांस्कृतिक आदान–प्रदान तथा प्रवर्द्धन गर्नु रहेको थियो ।
साथै, राजदूतावासले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भलाई समेट्दै नेपाली समाज र विश्वमा महिलाको योगदानबारे प्रकाश पारेको थियो । कार्यक्रमको सुरुवात स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालको मन्तव्य राखेकी थिइन् ।

उनले कार्यक्रममा सहभागी हुने सबैप्रति कृतज्ञता व्यक्त गर्दै मड्रिडजस्तो बहुसांस्कृतिक सहरमा सांस्कृतिक आदान–प्रदान र विविधताको महत्वबारे उल्लेख गरेकी थिइन् । उनले होलीलाई वीरता, करुणा र शान्तिपूर्ण स्वअस्तित्वको प्रतीकका रुपमा वणर्न गर्दै यसले नेपालको समृद्ध संस्कृति र विविधतालाई प्रस्तुत गर्ने बताइन् ।
राजदूत ढकालले शिक्षा, स्वास्थ्य सेवादेखि राजनीति, व्यवसायलगायत समाजका अन्य विभिन्न क्षेत्रमा महिलाहरूको अमूल्य योगदानको पनि स्मरण गरेकी थिइन् । संसारलाई एउटा आकार दिन महिला तथा नारीहरूले महत्वपूर्ण भूमिका खेलेको सन्दर्भलाई जोड दिँदै उनले लैङ्गिक समानता र महिला सशक्तिकरणको प्रवर्द्धन गर्न आफ्नो दृढ प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
कार्यक्रममा विश्वभरका सांस्कृतिक विविधता झल्काउने किसिमका चाडपर्वसँग सम्बन्धित गीत, संगीत तथा नेपाली लोकनृत्य समेत समावेश गरी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले फागु पर्वको माहौलमा भक्का, सेलरोटी, मःमः, सेकुवाजस्ता नेपाली परिकारको मज्जा लिएका थिए ।

म्याड्रिडस्थित नेपाली राजदूतावासले स्पेनका विभिन्न संघ संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो । भव्य रुपमा सफल बनाउन मद्दत गरेको थियो । राजदूतावासले भविष्यमा यस्तै कार्यक्रम आयोजना गर्ने अपेक्षा गरेको छ । जसले सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने मात्र नभई नेपाल र स्पेनबीचको सम्बन्धलाई थप मजबुत बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया