आईसीसी विश्वकप लिग-२ः पीएनजीले यूएईलाई हरायाे
मेरोन्यूज
२०७९ फागुन २६ गते १६:५८

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारि त्रिदेशीय एकदिवसीय शृंखलामा यूएई पपुवा न्यूगिनी(पीएनजी)सँग लगातार तेस्रो पटक पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार पिएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १९० रनमै अलआउट हुँदा पीएनजीले ५६ रनको जित निकालेकाे हाे ।
युएईका आर्यन लक्राले ५१ रन जोड्दा कप्तान तथा ओपनर मोहमद वासीमले ४१ रन बनाए।
बलिङमा पिएनजीका रेली हेकुरेले ३ विकेट लिए भने काबुआ मोरिआ र आसद भालाले २-२ विकेट लिए।
त्यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएकाे थियाे ।
यसअघि, यूएई आफ्नै मैदानमा पीएनजीसँग दुईपटक पराजित भएको थियो ।
यूएईले दोस्रो खेल आइतबार नेपालसँग खेल्ने छ । पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया