शनिबार, चैत १४, २०८२

युएईमाथि सानदार जितसँगै नेपालले जोगायो एक दिवसीय मान्यता

मेरोन्यूज २०७९ फागुन २८ गते १५:२९

काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो। साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ओपनिङमा १२ रनमै दुइ विकेट गुमायाे । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पाएकाे युएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो।

नेपालले पहिलो ओभरदेखि नै घातक बलिङ गर्दै युएईमाथि लगातार दबाब बढाएको थियो।

जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया