आइसीसी लिग २ पीएनजी र नेपालबीचको खेल सुरु
मेरोन्यूज
२०७९ फागुन २९ गते ९:३४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र पिएनजीबीचको खेल सुरु भएको छ ।
टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गरिरहेको छ । कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।
सिरिजको दुई खेलमा सहज जित निकाल्दै नेपालले एकदिवसीय मान्यता जोगाएको छ ।
आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ ।
लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।
सम्बन्धित









बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
मेयर बालेनका बुवाकाे निधन
काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया