विश्वकप फुटबल अबदेखि ४८ राष्ट्रले खेल्ने

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन्। फिफा काउन्सिलको गएराति बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुर्याउने निर्णय गरेको हो ।
यो निर्णयपछि २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन् । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो ।
रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन्।
यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् । जसअनुसार २०२६ को विश्वकपमा अब कुल १०४ खेल हुनेछ।
२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया