शाहरुखले किने १० करोडको कार
मेरोन्यूज
२०७९ चैत १४ गते ११:३३

काठमाडाैं । वलिउड अभिनेता शाहरुख खानले रोल्स रोयस कार किनेका छन् । आफु अभिनित फिल्म ‘पठान’काे सफलतापछि अभिनेता खानले आफैलाई याे महँगो उपहार दिएका हुन् ।
उनले किनेकाे रोल्स रोयस कारको मूल्य करिब १० करोड भारू रहेको बताइएको छ । आइतबार साँझ उनको मन्नत भित्र ‘५५५’ नम्बर प्लेट भएको सेतो लग्जरी कार प्रवेश गरेको देखिएकाे थियाे ।
रिपोर्टका अनुसार यो कारको एक्स शो रुम मूल्य ८.२० करोड रहेको छ । कम्पनीले कारमा थप विकल्प दिने भएकाले यसको कुल लागत करिब १० करोड पुगेको बताइएकाे छ । यो एक सीमित एडिसनको कार हो जुन प्रि-अर्डर गरेपछि मात्रै डेलिभरी हुन्छ।
शाहरुखले यसअघि पनि आफुलाई उपहार दिँदै आएका छन् । उनले गत महिना ५ करोडको घडी लगाएका थिए, जसले सबैको ध्यान तानेको थियो।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
प्रतिक्रिया