एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर

काठमाडौं । एभरेष्ट बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकले उक्त क्यालेन्डर सार्वजनिक गरेको हो।
नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रूपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ।
ुनेपालका राष्ट्रिय विभूतीहरूु भन्ने नारा सहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन्।
कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष कुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो।
साथै, सो कार्यक्रमा सचिव सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषय वस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाली कला संस्कृति, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभूतीहरूलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाए।
हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरी रहेको १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया