आइपीएल : मुम्बईलाई ८ विकेटले हरायो बेंगलोरले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको जित निकालेको छ । कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्ट ब्याटिङमा बेंगलोरले जीत निकालेको हो ।
घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
कोहलीले ४९ बलमा ६ चौका र पाँच छक्का मद्दतमा ८२ रन बनाए । कप्तान प्लेसिसले ४३ बलमा पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए । ग्लेन म्याक्सबेलले ३ बल खेल्दै दुई छक्का मद्दतमा १२ रन जोडे ।
मुम्बईका अर्शद खान र क्यामरुन ग्रीनले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
मुम्बईका लागि तिलकले ४६ बलमा ९ चौका र ४ छक्का मद्दतमा ८४ रन बनाए । आईपीएलमा डेब्यु गरेका नेहाल वाडेराले २१, सूर्यकुमार यादवले १५ र इशान किसनले १० तथा अर्शद खानले १५ रन बनाए ।
बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १/१ विकेट लिए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया