सोमबार, मंसिर १५, २०८२

आइपीएल : मुम्बईलाई ८ विकेटले हरायो बेंगलोरले

मेरोन्यूज २०७९ चैत २० गते ७:४४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको जित निकालेको छ । कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्ट ब्याटिङमा बेंगलोरले जीत निकालेको हो ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

कोहलीले ४९ बलमा ६ चौका र पाँच छक्का मद्दतमा ८२ रन बनाए । कप्तान प्लेसिसले ४३ बलमा पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए । ग्लेन म्याक्सबेलले ३ बल खेल्दै दुई छक्का मद्दतमा १२ रन जोडे ।

मुम्बईका अर्शद खान र क्यामरुन ग्रीनले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलकले ४६ बलमा ९ चौका र ४ छक्का मद्दतमा ८४ रन बनाए । आईपीएलमा डेब्यु गरेका नेहाल वाडेराले २१, सूर्यकुमार यादवले १५ र इशान किसनले १० तथा अर्शद खानले १५ रन बनाए ।

बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १/१ विकेट लिए ।

प्रतिक्रिया