शुक्रबार, चैत १३, २०८२

परम्परागत सोच, नीति कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन : प्रधानमन्त्री

मेरोन्यूज २०७९ चैत २७ गते १२:४७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभामा सोमबार प्रधानमन्त्री दाहालले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्यमा सरकार रहेको बताए ।

बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने योजना रहेको प्रधानमन्त्री दाहाललको भनाइ थियो ।

‘परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले यसपटक नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून् ।’

प्रधानमन्त्री दाहालले कुल लगानीमा करिब दुईतिहाइ योगदान गर्ने निजी क्षेत्रले मुलुकमा उत्पादन र रोजगारी बढाउन साथै आवश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्न अग्रणी भूमिका खेल्दै बताउँदै राज्यका तिनै तहका सरकारहरुले नीति तथा योजना निर्माणमा निजि क्षेत्रसँग समन्वय गर्ने बताए ।

प्रतिक्रिया