संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाले एपिएफलाई हरायो

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लवले न्युरोड टिम (एनआरटी) बिरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन जुनियर एनकेन्गुइ र मनिष डांगीले एक–एक गोल गर्दा एनआरटीका सर्जी सङ्ले गोल गरे । खेलको २२ औँ मिनेटमा एनकेन्गुई गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
३७ औँ मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पारे । यस्तै एनआरटीका सङले ६२ औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा संकटाले तीन अंक जोड्न सफल भयो । जितसँगै आठ खेलबाट १२ अंक जोडेको संकटा तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको एनआरटी तालिकाको १२ औँ स्थानमा छ ।
लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपीएफ क्लवबिरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ । च्यासल रगंशालामा बुधवार भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे । एपिएफका अमान्र्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए ।
प्रतिष्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पु¥याएको खेलको इन्जुरी समयमा एपिएफका अर्माण्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए ।
४७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे । तर, ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे । जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट ९ अंक जोडेको । समान खेल खेलेको एपिएफको ११ अंक छ ।
लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्पलेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लव तथा दशरथ रंगशालामा चर्च ब्वाईज युनाईटेड र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया