बङ्गलादेशको गरिबी दर १८.७ प्रतिशत

काठमाडौं । कोभिड–१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बङ्गलादेशको गरिबी दरसन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ ।
सन् २०१६ को २४.३ प्रतिशतबाट गत बर्ष १८.७ प्रतिशतमा झरेको बङ्गलादेश तथ्याङ्क ब्यूरो (बीबीएस) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बङ्गलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ ।
यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरिबीदर २४.३ प्रतिशत र चरम गरिबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो ।
योजनामन्त्री एमए मन्नानले कोभिड–१९ महामारी र रुस–युक्रेन द्वन्द्वले बङ्गलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका बाबजुद दक्षिण एशियाली मुलुकको गरिबी दरमा उल्लेखनीय गिरावट आएको बताए ।
यद्यपि, विज्ञहरूले यसअघि महामारीको समयमा कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेका गरिबी निवारणमा बङ्गलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए ।
रुस–युक्रेन द्वन्द्वका बीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका थिए । कम्तीमा १६ करोड ५० लाख बङ्गलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको र स्थानीय मुद्राको अवमूल्यन समेत भएको र यसले निम्न तथा मध्यम आय भएका धेरै मानिसलाई गरिबीको रेखामुनि धकेलेको उनीहरुको विश्वास छ ।
















एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया