एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपाललाई चौँथो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले चौँथो सफलता हात पारेको छ । ललित राजवंशीले दुई विकेट लिएका छन् । मलेसियाविरुद्ध नेपालका लागि ललित राजवंशीले ३७ ओभर एक बलमा तेस्रो विकेट लिएका हुन् । उनले भिरनदीप सिंहलाई आउट गरे ।
यसअघि सन्दीप लामिछानेले ३३ ओभर दुई बलमा विकेट लिएका हुन् । उनले मलेसियाका कप्तान मोहम्मद फैजलाई आउट गरे ।
यसअघि गुलशन झाले मोहम्मद आमिरको विकेट लिएका हुन । झाले ५ ओभर ५ बलमा आमिरको विकेट लिएका थिए ।
मलेसिया अहिले ३८ ओभरमा १५५ रन बनाएर खेलिरहेको छ ।
मलेसियासँग टस हारेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो ।
मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई बेन्चमा राखिएको छ ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।
मलेसियाको प्लेइङ ११ मा अहमद फाइज, वीरनदीप सिह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत छन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया