सोमबार, मंसिर १५, २०८२

आईपीएलमा मुम्बइसँग हैदरावाद १४ रनले पराजित

मेरोन्यूज २०८० वैशाख ६ गते ६:४६

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गयराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १४ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

जवाफमा सनराइजर्स हैदरावाद एक बल बाँकी रहँदै १७८ रनमा अलआउट भयो । यससँगै मुम्बई इन्डियन्सले जितको ह्याट्रिक पूरा गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले राम्रो सुरुवात गरेको थियो । कप्तान रोहित शर्मा र इशान किशनको जोडीले पहिलो विकेटका लागि ४.४ ओभरमा ४१ रन जोडे । यो जोडी टी नटराजनले तोडेका थिए र रोहित १८ बलमा २८ रन बनाएर आउट भए ।

मुम्बइका लागि इशानले ३१ बलमा ३८, सूर्यकुमार यादव ७, तिलक वर्माले ३७ र क्यामरुन ग्रीनले ४० बलमा अविजित ६४ रन बनाए । सनराइजर्स हैदरावादका मार्को जान्सनले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा आएको हैदरावादका लागि ह्यारी ब्रुक ९, राहुल त्रिपाठी ७, मयंक अग्रवाल ४८, कप्तान एडेन मार्कराम २२ र हेनरिक क्लासेनले ३६ रन बनाए ।

प्रतिक्रिया