म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश
मेरोन्यूज
२०८० वैशाख ७ गते ७:४८

काठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको दोस्रो लिगमा जर्मनी क्लब बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा ४-१ गोल अन्तरले विजयी हुदै म्यानचेस्टर सिटी सेमिफाइनलमा पुगेको हो ।
यस खेलमा म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए भने बायर्नका लागि जोशुआ किमिचले बराबरी गोल गरेका थिए ।
यस अघि सम्पन्न पहिलो लिगमा म्यानचेस्टर सिटीले बायर्नलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडको सामना गर्ने भएको छ ।
त्यस्तै इन्टर मिलानले बेनिफिकालाई समग्रमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा इन्टर मिलान र एसी मिलानको भिडन्त हुने भएको छ ।
सम्बन्धित







नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रतिक्रिया