एसीसी प्रिमियर कप : टस हारेर नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै
मेरोन्यूज
२०८० वैशाख ८ गते ८:४८

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो रहन्छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ। नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।
यो खेल नेपालको ५०औँ ओडीआई खेल हो।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया