एसीसी प्रिमियर कप : टस हारेर नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै
मेरोन्यूज
२०८० वैशाख ८ गते ८:४८

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो रहन्छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ। नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।
यो खेल नेपालको ५०औँ ओडीआई खेल हो।
सम्बन्धित









यस वर्षको सेजन अवार्ड पौडेल र तिमल्सिनालाई
शेख हसिना अर्काे भ्रष्टाचारमा दोषी ठहर, बहिनीकी छोरी पनि संलग्न
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया