एमबाप्पेको दुई गोलमा पिएसजीको सहज जीत

फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) सहज रूपमा बिजयी भएको छ ।
पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ । पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए ।
शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पिएसजीलाई २–० को अग्रता दिलाउन सफल भए ।
उता, खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । अन्ततः खेल २–१ को अवस्थामा सकियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सिमित रहेर पुछारमा छ ।
एजेन्सी









फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया